काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी सफलता र आगामी जिम्मेवारीबारे टिप्पणी गरेका छन्।
उनले रास्वपाले चुनाव जित्नु जनताको विश्वासको परिणाम भएको उल्लेख गर्दै अब सरकार कसरी सञ्चालन गर्ने भन्ने कुरा स्वयं पार्टीकै जिम्मेवारी भएको बताएका छन्। नयाँ सरकारले काम थालेको कम्तीमा तीन महिना सम्म अन्य दलले आलोचना गर्नु उपयुक्त नहुने उनको धारणा छ।
बाँस्कोटाले जनता सँधै साझा रहने बताउँदै यसपटक जनताले रास्वपालाई रोजेको र उनीहरूको वाचा पत्याएको उल्लेख गरेका छन्। साथै, अनावश्यक विवाद र आरोप–प्रत्यारोपमा नअल्झिन आग्रह गर्दै ‘खाँबो चिथोर्न बन्द गर्न’ समेत सुझाएका छन्।
