काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित समानुपातिक सांसदलाई निर्वाचन आयोगले भोलि (बिहिबार) प्रमाणपत्र दिने भएको छ । बिहान आयोगले १ सय १० जना समानुपातिक सांसदहरुलाई प्रमाणपत्र दिन लागेको निर्वाचन आयोगले जनाएको छ । बिहान साढे ११ बजे समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूलाई निर्वाचित भएको प्रमाणपत्र दिइने छ ।
आायोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी (श्रसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् । ६ दलबाट ११० जना सांसदहरु निर्वाचित भएका छन् ।
नवनिर्वाचित सांसदहरुको सपथ भने चैत १२ गते हुने भएको छ । संसद सचिवालयले चैत १२ गते नवनिर्वाचित सांसदहरुको शपथ गराउने तयारी गरेको छ ।