काठमाडौँ । जेनजी आन्दोलन घटनाबारे न्यायिक जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै बुधबार जेनजी युवाहरूले काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।
उनीहरूले ‘कार्की आयोगको पूर्ण प्रतिवेदन खै’ भन्दै आँखामा कालोपट्टी बाँधेर प्रर्दशनमा छन् । उनीहरूले जनताको अधिकार:कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर, प्रतिवेदन हरायोस् सरकार किन डरायो, सरकार झुक्ला दोषीसामु घाइते जेनजी योद्धा झुक्दैन र आमा न्याय माग्न तिमीलाई कति गर्नु कर लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।