काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाबाट विजयी सबैलाई एउटै ट्रयाकमा लिएर जान अनुशासन आवश्यक हुने बताएका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट विजयी उमेदवारलाई पार्टीले दिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले भने, “डाक्टर, इन्जिनियर, सामाजिक अभियन्ता, कवि कलाकार, रोल मोडल, मोडल सबैजना हुनुहुन्छ । यति ठूलो परिवारलाई समायोजन गर्न, एउटै धारमा लैजान अनुशासनको अत्यन्त ठूलो खाँचो हुन्छ ।”
साथै, उनले सञ्चारमाध्यममा अभिव्यक्ति दिनुअघि पार्टीपंक्तिसँग सल्लाह गर्न उनले निर्देशन दिए ।
“तपाईंहरूको मिडिया प्रेजेन्सप्रति कतै दुःखमनाउ गर्दिनँ,” उनले भने, “तर, आफू अभिव्यक्त हुनुभन्दा पहिला पार्टी पंक्तिसँग सरसल्लाह गर्नुहोला ।”
सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धमा आँच आउन नहुने उनको भनाइ छ ।