काठमाडौं । रास्वपाका सांसद सुधन गुरुङले आफूले तलब भत्ता नलिने बताएका छन्।
पार्टीको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका सांसद गुरुङले आफू तलब भत्तासहित सरकारी सेवा सुविधा नलिने बताए।
उनले भने, ‘म तलब खान्न, किन खानु? हामी आफैँ सक्षम छौँ।’
उनले गाडी पनि आफ्नै चढ्ने बताए। यद्यपि सांसदलाई गाडीको सुविधा हुँदैन ।