काठमाडौँ । विशेष अदालतले नेपाली कांग्रेसका पूर्वसांसद सन्तोष चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले चालिसेलाई ५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
उनी २०७९ सालको प्रतिनिधि सभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए भने २०७४ को स्थानीय तह चुनावमा गोकर्णेश्वर नगरपालिकाको मेयर निर्वाचित भएका थिए।नगर प्रमुख हुँदा गैरकानुनी तरिकाले रकम आर्जन गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २८ गते भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।