काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठाएको छ ।
समानुपातिकतर्फबाट ५ पुरूष र ४ महिलासहित नौजनाको नाम सांसदका रुपमा पठाइएको हो ।
नेकपाले बलावती शर्मा, प्रेमबहादुर बयक, भीमकुमारी बुढा, पर्शुराम तामाङ, जोगकुमार बर्बरिया यादव, पार्वती विश्वकर्मा, निराशा चौधरी डगौरा, प्लारमेश हमाल, गणेश विश्वकर्मालाई प्रतिनिधि सभामा पठाउने निर्णय गरेका छन् ।