काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विरुद्धका अभियोग फिर्ता लिने महान्यायाधिवक्ताको निर्णय विरुद्धको मुद्दा हेर्दा हेर्दैमा परेको छ ।
लामिछानेको मुद्दा फिर्ता गर्ने महान्यायधिवक्ता कार्यालयको निर्णय विरुद्ध परेको रिटमा आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्धय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाई भएको थियो ।
सुनुवाई जारी रहेको र मुद्दाको नियमित सुनुवाई गरेर टुङ्ग्याउन यसअघिको इजलाशले आदेश गरेका कारण पुनः अर्को दिनका लागि मुद्दाको पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
‘आज सो मुद्दा हेर्दा हेर्दैमा छ । पुनः सोही इजलाशमा सुनुवाईका लागि पेश हुन्छ,’ सार्वोच्च अदालत स्रोतले भन्यो ।