काठमाडौं । नेकपा एमालेले समानुपातिकपर्फ १६ जनाको नाम निर्वाचन आयोगलाई बुझाएको छ । सम्भावित सांसदहरूको सूची एमालेले आइतबार आयोगलाई बुझाएको हो ।
जसअनुसार जनजाति क्लस्टरबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, कुलभक्त शाक्यको नाम सिफारिस गरिएको छ । महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल, एशुदा कुमारी बरालको नाम सिफारिस गरिएको छ भने पुरूषतर्फ गुरुप्रसाद बराल, पुष्पराज कँडेल, थारू पुरूषबाट कृपाराम राना, दलित महिलाबाट विष्णुमाया विक र नीता घतानीको नाम सांसदमा सिफारिस गरिएको छ ।
यस्तै, मधेसी महिलामा रिङ्ला यादव तथा यशोधा कुमारी यादव, मधेसी पुरूषतर्फ चन्द्रेश्वर मण्डल र मुस्लिमबाट साजिदा सिद्धिकीलाई सिफारिस गरिएको छ ।
शनिबार बसेको सचिवालय बैठकले उनीहरूको नाम सिफारिस गरेको थियो । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ९ सिट जितेको एमालेले समानुपातिकमा १४ लाख ५५ हजारभन्दा बढी मत प्राप्त गरेको थियो ।
