काठमाडौँ । नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। प्रतिनिधिसभा निर्वाचनपछिको बदलिँदो राजनीतिक परिवेश र समानुपातिक सांसदहरूको अन्तिम नामावली टुङ्गो लगाउन सभापति गगन थापाको अध्यक्षतामा सो बैठक बसेको हो।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि र हालै सम्पन्न आम निर्वाचनमा पार्टीले प्राप्त गरेको नतिजाको पृष्ठभूमिमा यो बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ। निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक तर्फको अन्तिम बन्द सूचीबाट सांसदहरूको नाम छनोट गर्ने भएको छ । भर्खरै सम्पन्न आम निर्वाचनमा पार्टीले व्यहोरेको हार र आगामी रणनीतिका बारेमा प्रारम्भिक छलफल गर्ने नेपाली काङ्ग्रेस जनाएको छ ।