काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराइ ले पार्टीका माथिल्लो तहका नेताबाट आफू र अन्य नेतामाथि लगाइने लान्छना र घृणायुक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन् कि पार्टीका माथिल्लो तहका नेताहरूबाट आफू र अन्य कमरेडहरूमाथि अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने र मिथ्या सूचना सम्प्रेषण गर्ने काम भइरहेको छ। एक अर्काप्रति नकारात्मक टिप्पणी र घृणाजन्य अभिव्यक्ति अशोभनीय हुन्छ,’ उनले लेखेका छन्। उनले थपे, ‘यस बिचमा पार्टीका माथिल्लो तहका नेताहरूबाट म लगायत अन्य कमरेडहरूको बारेमा अनर्गल लान्छना लगाउने, घृणायुक्त अभिव्यक्ति दिने तथा मिथ्या सूचना सम्प्रेषण हुने काम भइरहेको छ।’ भट्टराइले पार्टीभित्र एकता जोगाउन बहु आयामिक रूपले रूपान्तरण आवश्यक रहेको बताए। उनले भने, ‘उपयुक्त समयमा उपयुक्त विधि र स्थापित प्रक्रियामार्फत तथ्य र तर्कसहित छलफल र बहस गर्न जरुरी छ। गलत जानकारी, मिथ्या सूचना र घृणायुक्त भाषण बन्द गरौँ। फेरी भन्छु, आत्मभत्सर्ना होइन, जमेर आत्मसमिक्षा गरौँ।’उनले पार्टीभित्र तथ्य र तर्कका आधारमा बहस हुनुपर्ने आवश्यकता औंल्याए।