काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ। बैठक आज बिहान १० बजे काठमाडौँको वनस्थलीस्थित पार्टी कार्यालयमा बस्ने तय गरिएको छ।
बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ। निर्वाचन आयोगले समानुपातिकतर्फका सांसदहरूको नामावली बुझाउन आजसम्मको समय दिएको छ। सोहीअनुसार सूची टुंगो लगाउन बैठक बस्न लागेको हो।