काठमाडौँ । नेपाली कांग्रेस को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ। बैठक ललितपुरस्थित बीपी नगरमा रहेको पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने तय गरिएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फ पार्टीले पाएको सिट संख्याका आधारमा सांसदको नाम टुंगो लगाउने उद्देश्यले बैठक बोलाइएको हो। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको थियो। अब समानुपातिकतर्फ चयन हुने सांसदको नामाबली तय गर्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ।