काठमाडौँ । नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले पार्टीको वर्तमान अवस्थलाई लिएर निर्मम समीक्षा गर्नुपर्ने बताएका छन् । चुनावमा पार्टी हारेपछि नेता ज्ञवालीले सामाजिक सञ्जालमा पार्टी इतिहासकै कठिन विन्दमा पुगेकोले त्यसबाट माथि उठ्नका लागि निर्मम समीक्षा गर्नुपर्ने र ती समीक्षाका निर्णयका आधारमा अगाडि बढ्नुपर्ने बताएका हुन् ।
‘एकदमै उत्कृष्ट नतिजाको अपेक्षा गरेका थिएनौँ, समय प्रतिकूल छ भन्ने हामीलाई थाहा थियो । तर, यस्तो धक्काको अनुमान भने थिएन । फेरि पनि भन्नैपर्छ– हामी इतिहासकै कठिनतम विन्दुमा आइपुगेका छौँ’, ज्ञवालीले लेखेका छन् ।
उनले ढल्नु भनेको सक्किनु नभएर फेरि उठ्नका लागि तयारी थाल्नु भएको उल्लेख गर्दै भनेका छन्, ‘ आउनुहोस्– फेरि उठ्ने तयारी थालौँ । यसका लागि समस्या र संकटलाई सामूहिकतामा बोध गरौँ । निर्मम आत्मसमीक्षा गरौँ र समीक्षाका निष्कर्षका आधारमा उचित निर्णय गरौँ ।’