काठमाडौँ । हर्क साम्पाङ ले समानुपातिक प्रतिनिधित्वको विषयलाई लिएर अनावश्यक विवाद नगर्न आफ्ना पार्टी कार्यकर्तालाई चेतावनी दिएका छन्। उनले यस विषयमा निरन्तर रोइलो गर्ने जो–कोहीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिने बताएका छन्।
श्रम संस्कृति पार्टी का अध्यक्ष साम्पाङले शुक्रबार सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिएका हुन्। समानुपातिक सांसदको नाम छनोटलाई लिएर पार्टीभित्र चर्चा र प्रतिस्पर्धा बढेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। सामाजिक सञ्जालमा उनले लेखेका छन्, अबदेखि समानुपातिकको विषयमा रोइलो गर्ने सबैलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिनेछ। हद भइसक्यो। हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै समानुपातिकतर्फ चार सिट हासिल गरेको छ।