काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का उपाध्यक्ष र केन्द्रीय सदस्यलाई जिम्मेदवारीबाट हटाइएको छ ।
बिहीबार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष दिल विकास राजभण्डारी र केन्द्रीय सदस्य सुरेश आचार्यलाई साधारण सदस्य मात्र रहने गरी सम्पूर्ण जिम्मेवारीबाट हटाएका हुन्।
