काठमाडौं । नेपाल आयल निगमले शुक्रबारदेखि बजारमा आधा सिलिन्डर ग्यास मात्रै पठाउने भएको छ ।
निगमले अब उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिन्डर ग्यास किन्न पाउने बताएका छन् । आधा सिलिन्डर ग्यासको मूल्य पनि साविकको भन्दा आधा अर्थात् ९५५ रुपैयाँ तोकिएको छ ।
अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन आधा सिलिन्डर ग्यास वितरणको निर्णय गरिएको जनाइएको छ ।