काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपालाई ठुलो अफर गरेका छन् ।
थापाले सामाजिक सञ्जाल मार्फत बालेन शाह नेतृत्वको सरकारलाई संसदमा दुई तिहाइ बहुमतको निम्ति २ सिट कम रहेको उल्लेख गर्दै आफूहरूको मुख्य एजेण्डालाई सहयोग गरे राप्रपाका ५ सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।
उनले बालेन सरकारले नेपाललाई धार्मिक स्वतन्त्रता र समानतासहितको हिन्दूराष्ट्र बनाउने गरी संविधान संशोधन गर्न तयार भएको खण्डमा ५ सांसदहरूको पूर्ण सहयोग रहने बताएका हुन् ।