काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनबारे टिप्पणी गर्दै अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा बिहीबार आफ्नो धारणा सार्वजनिक गर्दै नेता बास्कोटाले अब पनि आफूलाई नसच्याए आगामी निर्वाचन वा समयमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका हुन्।
उनले भनेका छन्, 'सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकिन्छ।'
यस्तै नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको 'क्लाईमेक्स' (उत्कर्ष) र 'कोल्याप्स' (पतन) को समयबारे आँकलन गरेको स्मरण गरेका छन्।
वामपन्थी पार्टीहरू मिल्दा जनतामा अभूतपूर्व उत्साह देखिए पनि आन्तरिक जग कमजोर हुँदा एकता टिक्न नसकेको उनको तर्क छ।
