काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलको चुनावमा साढे १७ लाख रुपैयाँ खर्च भएको विवरण पेस गरेका छन्। निर्वाचन आयोगको कार्यालयमा बुझाएको खर्च विवरण महासचिव पोखरेलले बुधबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
पोखरेल दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार थिए। यस क्षेत्रमा रास्वपाका विपिन आचार्य निर्वाचित भएका थिए। पोखरेलले चुनावका लागि ५० हजार मतदाता नामावली खरिद बापत खर्च गरेका छन्। सवारीसाधनका लागि ३ लाख ५० हजार, सवारी इन्धनका लागि ३ लाख, प्रचारप्रसार, ढुवानी र गोष्ठीका लागि ४ लाख ५० हजार खर्च गरेका छन्। अन्य प्रचारका लागि २ लाख, कार्यालय संचालन गर्न एक लाख ५० हजार, प्रतिनिधि परिचालन गर्न एक लाख र विविध विषयका लागि एक लाख ५० हजार खर्च गरेका छन्।