काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच आज परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम भएको छ। कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताए।
उनले भने, “पुराना दलहरूले केही काम गरेनन् भन्न मिल्दैन। शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता क्षेत्रमा काम भएको छ। तर जनअपेक्षा अनुसार विकासको गति पुरा हुन सकेन। जनता चाहेका छलाङ भने हासिल भएन। उनले अहिलेको प्रतिनिधिसभाको नतिजाले पनि जनताको असन्तुष्टिको भावना स्पष्ट देखाएको बताए। माघ १२ गते राष्ट्रिय सभाका १८ पदका लागि चुनाव भएको थियो, जसमा नेपाली कांग्रेसका ९ जना सांसद निर्वाचित भएका थिए। कार्यक्रममा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाल लगायत सहभागी थिए। हाल राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन्।