काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच परिचयात्मक कार्यक्रम भएको छ। कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो।
माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो। नेपाली कांग्रेसका ९ जना निर्वाचित भएका थिए। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज अन्तक्र्रिया भएको हो।
कार्यक्रममा पार्टीका राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए। राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन्।