काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३२ हजार ९३२ मत गणना भएको छ ।
निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख ३६ हजार ६७४ मत प्राप्त गरेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १७ लाख ४८ हजार ३३६ मत प्राप्त गरेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) १४ लाख ४८ हजार ४१२ मतसहित तेस्रो स्थानमा रहेको छ।
त्यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ८ लाखभन्दा बढी मत ल्याउँदा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले क्रमशः ३ लाख ७८ हजार र ३ लाख २९ हजारभन्दा बढी मत पाएका छन्।
