काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहमहामन्त्री विपिनकुमार आचार्यले आफ्नो चुनावी खर्च विवरण निर्वाचन आयोगमा बुझाएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई पराजित गर्दै दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित आचार्यले मंगलबार आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् ।
आचार्यले आयोगमा बुझाएको विवरणअनुसार उनले फागुन २१ गते भएको निर्वाचनमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च गरेका छन् ।
