काठमाडौँ । प्रतिनिधिसभा समानुपातिक मतगणना उत्तरार्धतर्फ आइपुगेको छ। अहिलेसम्म कुल १ करोड ४ लाख ९५ हजार २१८ मत गणना भइसकेको निर्वाचन आयोगले जनाएको छ। सबैभन्दा बढी मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्राप्त गरेको छ, जसले ५० लाख ३३ हजार ६९१ मत पाएको छ। नेपाली कांग्रेसले १७ लाख ५ हजार २०४, नेकपा एमालेले १४ लाख २१ हजार २६२, नेपाली कम्युनिष्ट पार्टीले ७ लाख ७५ हजार ५३ मत प्राप्त गरेको छ। साना दलमध्ये श्रम संस्कृति पार्टीले ३ लाख ६२ हजार १७४ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले ३ लाख २६ हजार १७४ मत पाएको छ। यससँगै यी ६ दल राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ।