गोरखा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कबिन्द्र बुर्लाकोटी विजयी भएका छन् ।
आज सम्पन्न मतगणनाअनुसार बुर्लाकोटीले २६ हजार ६६० मत प्राप्त गर्दै विजयी हुनुभएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रकाशचन्द्र दुवाडीले ११ हजार ७०० मत प्राप्त गरे ।