काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भोजपुर १ मा श्रमसंस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन्।
अन्तिम मतपरिणाम अनुसार राईले १६ हजार ६६३ मत प्राप्त गर्दै विजयी हासिल गरेका हुन्। उनका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमाले० का उम्मेदवार एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्।
यस्तै नेपाली कांग्रेसका बालकृष्ण थापाले ८ हजार ६७० मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश ओझाले ६ हजार १०२ मत प्राप्त गरेका छन्। त्यस्तै ‘तारा’ चुनाव चिह्नका उम्मेदवार अजम्बर राई काङमाङले ५ हजार ६२८ मत प्राप्त गरेका छन्।