काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी निर्वाचित भएका छन् । गिरी १७ हजार १७३ मत ल्याएर निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ६३३ मत पाए छन् ।
यस्तै, रास्वपाका हेमराज थापा ६ हजार ३५ मत ल्याएर तेस्रो भएका छन् । नेकपाका प्रकाशबहादुर शाह तीन हजार ३०१ मत ल्याएर चौथो भए पनि उनले जमानत जोगाउन सकेनन् ।