काठमाडौँ । सुनसरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अशोककुमार चौधरी विजयी भएका छन् । उनले ४७ हजार ४२१ मत ल्याउँदा निकटम प्रतिस्पर्धी रहेका कांग्रेसका विजयकुमार गच्छदारले २० हजार ५०१ मत मात्रै ल्याए । २०७९ सालकी विजेता एमालेकी भगवती चौधरी तेस्रो स्थान रहँदै १५ हजार ८३ मत ल्याइन् ।
सुनसरीको क्षेत्र नम्बर ३ एकताका काँग्रेस नेता विजयकुमार गच्छदारको किल्ला जस्तै थियो । उक्त किल्ला एमालेकी भगवती चौधरीले २०७९ सालमा तोड्न सफल भइन् । त्यसबेलै अन्तिम पटक भन्दै चुनाव लडेका गच्छदार पराजित भएपछि भने पुनः एक पटक लड्ने बताउँदै आएका थिए ।
गच्छदारले यस पटक पनि आफूलाई न्याय दिनुपर्ने र अन्तिम पटकको लडाई भएको भन्दै मतदातासमक्ष पुगेका थिए । तर, यस पटक गच्छदारको उक्त अनुनयलाई मतदाताले अस्वीकार गरे र रास्वपालाई मत दिए ।