काठमाडौँ । मोरङ– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गणेश कार्की विजयी भएका छन् । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणामअनुसार उनले ३६ हजार ९२४ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस पार्टीका उम्मेदवार सुनिलकुमार शर्माले २४ हजार ३५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । श्रम संस्कृति पार्टीका उम्मेदवार अमिर मगरले १६ हजार ५०९ मत प्राप्त गरेका छन् ।
नेकपा (एमाले)का उम्मेदवार इरन राईले ७ हजार ७५२ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा १ लाख ५८ हजार ५७ कुल मतदाता रहेकामा ९६ हजार ६७७ मत खसेको थियो ।