बैतडी । बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिमोहन भण्डारी विजयी भएका छन् । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बैतडीबाट राष्ट्रिय स्वतन्त्र पार्टीका भण्डारी विजयी भएका हुन् ।
२०७० सालदेखि निरन्तर रुपमा एमालेले जित्दै आएको यो क्षेत्रमा एमालेको किल्ला भत्काउँदै उनले संसदीय यात्रा सुरु गरेका हुन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका चतुरबहादुर चन्दलाई ३ हजार ९४० मतान्तरले पराजित गर्दै भण्डारी विजयी भएका हुन् ।
अन्तिम मतपरिणाम अनुसार भण्डारीले २२ हजार १३४ मत पाउँदा कांग्रेसका चन्दले १८ हजार १९४ मत पाए । त्यस्तै नेकपा एमालेका दामोदर भण्डारीले १७ हजार ९१ मत पाए भने नेकपाका परमानन्द भट्टले ६ हजार ९६५ मत पाए ।