काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही–४ मा विजयी डा। अमरेश सिंहलाई बधाई दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सिंहसँग पराजित भए लगत्तै थापाले सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् । ‘सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित हुनुभएकोमा डा। अमरेश सिंहलाई हार्दिक बधाई तथा शुभकामना’, थापाले लेखेका छन् ।
उनले मतताताप्रति कृतज्ञता व्यक्त गर्दै सर्लाहीका समस्या सम्बोधन गर्न सम्भव हुने काम निरन्तर गरिरहेने प्रतिबद्धतासमेत जनाएका छन् । ‘मलाई माया, विश्वास र मत दिनुहुने यस क्षेत्रका सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु’, सभापति थापाले लेखेका छन्, ‘यस क्षेत्रमा मैले देखेका समस्याहरूको सम्बोधन गर्न, मेरो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गरिरहनेछु।’सर्लाही–४ मा रास्वपाका सिंहसँग कांग्रेसका थापा १२ हजार बढी मतले पराजित भएका हुन् ।