काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत झापा क्षेत्र नम्बर १ मा निशा डाँगी विजयी भएकी छन् ।
गत निर्वाचनमा नेपाली कांग्रेसका उपाध्यक्ष विश्वप्रकाश शर्मा निर्वाचित भएका स्थानमा डाँगीले यस पटक जित हात पारेकी हुन् ।
उनले कुल ४५,६८० मत प्राप्त गरेकी छन् भने नेपाली कांग्रेसका केशव राज पाण्डेले मात्र १०,५५० मत ल्याउन सके । गत निर्वाचनमा शर्मा ३९,६२४ मतसहित विजयी भएका थिए ।