काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट विजयी भएका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई बधाई दिएका छन् ।
शनिबार साँझ सामाजिक सञ्जाल मार्फत ओलीले बालेनलाई बधाई दिएका हुन् ।
ओलीले लेखेका छन् ,‘बालेन बाबु, बिजयको लागि तपाईंलाई बधाई ! तपाईंको पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस् । हार्दिक शुभकामना !’
झापा ५मा बालेनले कुल ६८ हजार ३४८ मत प्राप्त गर्दै जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी ओलीले केवल १८ हजार ७३४ मत मात्रै प्राप्त गरे ।