काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार हरि ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
मत परिणामअनुसार ढकाल ५८ हजार २०८ मतसहित निर्वाचित हुँदा नेपाली कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीले १३ हजार ३३ मत पाएका छन् ।
त्यस्तै एमालेका दावा दोर्जे लामाले १० हजार ८९९ मत पाएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका कृष्णराज पन्तले ४ हजार ८१ मत पाएका छन् ।