काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्ले विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार आज सम्पन्न मतगणनामा वाग्लेले ३८ हजार ४० मत प्राप्त गर्दै जित हात पारेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ मत प्राप्त गरे।
उसो त रास्वपा सभापति रवि लामिछानेले केही महिना अघि काठमाडौंको एक पार्टी समायोजन सभालाई सम्बोधन गर्दै वाग्लेलाई आगामी वर्षको बजेट लेख्न सुरु गर्न भनेका थिए । यस अर्थमा रविले वाग्लेलाई अर्थमन्त्री बनाउलान् या के गर्लान त्यो भने हेर्न बाँकी छ ।