काठमाडौं । प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नम्बर–३ बाट डा. तोसिमा कार्की पुनः दोहोरिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कार्की विजयी भएकी छिन् ।
उनी ४३ हजार ९६ मतका साथ विजयी भएकी हुन् । प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे भने नेकपाका राजकाजी महर्जनले ६ हजार २२ मत प्राप्त गरेका छन् ।
ललितपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले देशभर जनताको जित भएको भन्दै रास्वपाले जित मात्रै नभई देशको जिम्मेवारी लिएको बताइन् ।
०७९ को निर्वाचनमा प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाललाई कार्कीले पराजित गरेकी थिइन् । उनले ३१ हजार १०६ मतसहित विजय प्राप्त गर्दा पम्फाले ८ हजार ७६९ मत प्राप्त गरेकी थिइन् ।