काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा निर्वाचित भएका छन्।
रास्वपाका बोहरा ३३ हजार ९५२ मत ल्याएर निर्वाचित भएका हुन । त्यस्तै बोहरालाई पछ्याइरहेका नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नारायण प्रकाश साउँद (एनपी)ले १० हजार ८२७ मत ल्याएका छन् । भने नेकपा (एमाले)का बचनबहादुर सिंहले छ हजार ४१८ मत ल्याएका छन् ।
यता नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का माधवप्रसाद पन्तले छ हजार ३३७ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तिर्थराज चटौतले एक हजार ९९३ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।