काठमाडौँ । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।
पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाए पाउँदा नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।