काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार कोमल ज्ञवाली निर्वाचित भएकी छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जनकराज चौधरीलाई पराजित गर्दै जित हासिल गरेकी हुन ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ज्ञवाली १७ हजार ८२६ मत प्राप्त गरी विजयी भएकी हुन । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका चौधरीले १२ हजार ९४५ मत प्राप्त गरेका थिए ।