काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना उम्मेदवारलाई जितपछि कुनै पनि प्रकारको विजय उत्सव नमनाउन अपिल गरेका छन् ।
संघीय निर्वाचन सम्पादन समितिका संयोजक समेत रहेका अर्यालले विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई अबिर जात्रा, र्याली र फूलमाला जस्ता तामझाम नगर्न आग्रह गरेका हुन् ।
शुक्रबार एक भिडियो सन्देशबाट उनले यो समय खुसीयाली मनाउनेभन्दा पनि काम गर्ने बेला भएको बताए ।