काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पराजुली प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौँ क्षेत्र नं ७ बाट दोस्रो पटक विजयी भएका छन्।
उनले भारी मतका साथ आफ्ना निकटतम प्रतिस्पर्धीलाई निकै पछाडि पार्दै जित हासिल गरेका हुन् । पराजुलीले २७ हजार ८ सय ५ मत प्राप्त गरेर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रमोद हरि गुरागाईंले ३ हजार ९ सय ८२ मत मात्र पाए। पराजुलीले गुरागाईंलाई २३ हजार ८ सय २३ को फराकिलो मतान्तरले पराजित गरेका हुन् ।