काठमाडौँ ।काठमाडौँ क्षेत्र नम्बर ३ मा रास्वपाका राजुनाथ पाण्डे विजयी भएका छन् ।
यहाँ उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पराजित भएका हुन् । रास्वपाका पाण्डेले १८ हजार ७५७ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत ल्याएका छन् । राजुनाथ पाण्डेसँग कुलमान ७ हजार ५८६ मतले पराजित भएका हुन्।