काठमाडौं । राप्रपा नेता कमल थापाले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा आफ्नो हार स्वीकार गरेका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा लेख्दै थापाले मतगणना जारी रहे पनि मतान्तर धेरै भएकाले हार स्वीकार गरेको बताएका हुन् ।
उनले रास्वपाका विजयोन्मुख सस्मित पोखरेललाई बधाई दिँदै रास्वपाले देशभर उल्लेखनीय सफलता हासिल गरेकोमा शुभकामना व्यक्त गरेका छन् ।
पछिल्लो मतपरिणामअनुसार यस क्षेत्रमा सस्मितले १९ हजार ८६७ मत प्राप्त गरिसकेका छन् । कमल थापाले ११९३ मत पाएका छन् र काँग्रेसका प्रदिप पौडेलले ६ हजार ६५ मत पाएका छन् ।