धनगढी । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टीले घण्टी बजाउने अवस्था आएको छ।
डडेल्धुराको प्रतिनिधिसभा निर्वाचनमा जारी मतगणनाका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका ताराप्रसाद जोशीले अग्रता कायम गरेका छन् ।
हालसम्मको मतगणनाअनुसार जोशीले ३ हजार ६१७ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका नैनसिंह महरले २ हजार १९२ मत पाएका छन्।
त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका मानसिंह मालले १ हजार ९१८ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का चक्रप्रसाद स्नेहीले १००३ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द कडायतले यहाँ ९५ मत प्राप्त गरेका छन्।