पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट खाता खोलेको छ ।
कांग्रेसका योगेश गौचनले एमालेका इन्द्र धारा विष्टलाई हराएर जित निकालेका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए ।
नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले जित निकालेका हुन् । गौचनले ३ हजार ३ सय ७ मत ल्याउँदा निकटतम प्रतिश्पर्धीले १ हजार ८ सय ६ मत पाए ।