काठमाडौं । चितवन २ र झापा ५ मा एमाले काँग्रेसले मध्य रात गठबन्धन गरेको खुलासा भएको छ ।
निर्वाचनको अघिल्लो रात चितवन २ मा रास्वपा सभापति रवि लामिछाने र झापा ५ मा वरिष्ठ नेता बालेन शाहलाई हराउन कांग्रेस एमालेले गठबन्धन गरेको एमालेकै उम्मेदवारले खुलासा गरेका हुन् ।
चितवन २ का एमाले उम्मेदवार अश्मिन घिमिरेले आफु देखाउनका लागि मात्रै उम्मेदवारकारुपमा खडा भएको उल्लेख गर्दै पार्टीको निर्देशन अनुसार आफु सहित चितवन एमालेले कांग्रेस उम्मेदवार मिना खरेललाई भोट हालेको बताएका हुन् ।
चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार छन् भने नेपाली कांग्रेसबाट मीनाकुमारी खरेल उम्मेदवार छन्। उता झापामा एमालेबाट केपी शर्मा ओली उम्मेदवार छन् भने रास्वपाबाट बालेन शाह छन् ।