काठमाडौँ । बिहिबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको झापामा मतगणना आज रातिदेखि नै हुने आयोगले जनाएको छ । अहिले मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेको आयोगले जनाएको छ ।
निर्वाचन अधिकारी तुलसी नेपालले मतपेटिका सङ्कलनपछि राजनीतिक दलसहितको सर्वदलीय बैठकको निर्णयअनुसार मतगणना सुरु गरिने जानकारी दिएका छन् । उनका अनुसार राति १२ बजेदेखि मतगणता सुरु हुने जानकारी दिएका छन् । जिल्लामा ६५ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको निर्वाचन कार्यालयले जनाएको छ।
जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका २८५ मतदानस्थल र ८१५ मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको छ।
यहाँ ३ लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार १८३ महिला र आठ अन्य गरी सात लाख १३ हजार ५३७ मतदाता रहेका थिए।