काठमाडौं । बिहीबार प्रतिनिधिसभा निर्वाचनमा दिउँसो ३ बजेसम्म ७६ लाख मत खसेको छ । देशभरिका १६५ निर्वाचन क्षेत्रमा ७६ लाख मत खसेको हो । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ ।
देशभरिका १० हजार ९६७ मतदान स्थलहरूमा छिटपुट बाहेक मतदान भइरहेको छ । अहिलेसम्म कुल मतदाताको ४० प्रतिशत मत खसेको हो ।