काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत दिउँसो २ बजेसम्म देशभर करिब ६२ लाखभन्दा बढी मत खसेको निर्वाचन आयोगले जनाएको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ६२ लाख २० हजार ४२ मत खसेको आयोगले जानकारी दिएको छ।
बिहान ७ बजेदेखि सुरु भएको मतदान देशभरका १० हजार ९६७ मतदान स्थलमा सामान्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा जारी रहेको बताइएको छ। आयोगका अनुसार अहिलेसम्म देशभर करिब ३३ प्रतिशत मतदान सम्पन्न भएको छ।
प्रदेशगत विवरणअनुसार काठमाडौँ उपत्यकामा करिब ४७ प्रतिशत मतदान भएको छ भने गण्डकी प्रदेशमा करिब ३९ प्रतिशत मत खसेको छ। अन्य प्रदेशमा पनि मतदान प्रक्रिया उत्साहजनक रूपमा अघि बढिरहेको आयोगले जनाएको छ।